काठमाडौं, भदौ १० गते ।
एपीएफ (सशस्त्र प्रहरी बल) अस्पताल बलम्बु, काठमाडौंबाट १७ जनाको टोली बाढी प्रभावित क्षेत्र पठाइएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार ५ जना डाक्टरसहित १७ जना स्वास्थ्यकर्मीको टोली बाढी प्रभावित क्षेत्र पठाएको बताएको छ ।
रसुवामा एक्कासी आएको बाढीले ठूलो विपत्ती सिर्जना गरेको छ । रसुवासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा मानवीय र भौतिक क्षति ठूलो भएको छ ।
सबै सुरक्षा निकायहरू खोजी तथा उद्दारमा खटिएका छन् ।
नेपाली सेनाका हेलिकप्टरदेखि निजी कम्पनीका हेलिकप्टर, ड्रोन, कुकुरसहित तालिमप्राप्त दक्ष जनशक्ति खोजी तथा उद्दारम जुटेका छन् ।
मेडिकल टिमको टोली पनि बाढी प्रभावित क्षेत्रमा खटिएको छ ।
अहिलेसम्म बाढीमा परेर ज्यान गुमाएका सात जनाको शव संकलन गरिएको सुरक्षा निकायहरूले बताएका छन् । केही घाइतेहरूको उद्धार गरेर उपचार सुरु गरिएको छ ।





