प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजे बस्ने



काठमाडौं, भदौ १६ गते ।

प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको छ।

बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक तय भएको हो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले बैठक राख्न आग्रह गरेका थिए।

भदौ १० गते भोटेकोशी–त्रिशूलीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी बनाउन तत्काल संसद बैठक बोलाउन आङ्देम्बेले आग्रह गरेका थिए।

Scroll to Top