विदुर नगरपालिकामा आउजाउ गर्न त्रिशूली नदीमा राखियो तुइन



काठमाडौं, भदौ १६ गते ।

नुवाकोटको विदुर नगरपालिका–१ र ९ नम्बर वडामा आउजाउ गर्न त्रिशूली नदीमा तुइन जडान गरिएको छ ।

१० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीसँगै यी दुई वडाबीचको सम्पर्क टुटेको थियो ।

सर्वसाधारण नागरिक आउजाउन गर्न सहज होस् भनी मंगलबार बिहान तुइन जडान गरिएको हो ।

तुइन जडान गरेपछि जोखिम मोलेरै भए पनि मानिसहरू वारिपारि आउजाउ गरिरहेका छन् ।

Scroll to Top