पाँचथर, भदौ २ं गते ।
चार हजार ३ सय ५० मीटरको उचाइमा रहेको तिम्बुङ पोखरी । यही पोखरीको डिलबाट दौड हुने छ भदौं–२५ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन प्रतियोगिता हुन लागेको हो ।
यो केवल दौडमात्र नभई तिम्बुङ पोखरीको प्रचार देश विदेशमा पुर्याउन गरिएको प्रयसा भएको आयोजक तिम्बुङ पोखरी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष अमिर राईले बताउँछन् ।
धावकहरुले २१ किलोमीटरको दौड पार गर्नु पर्ने राईले जानकारी दिए । समुद्र सतहदेखि चार हजार ३५० मीटरको उचाइमा रहेको तिम्बुङ पोखरीबाट ३ हजार ८ सय मिटरमा रहेको पाङदुवासम्म झरेर फेरि ४ हजार २ सय मिटरको उचाईमा रहेको ठुलो भञ्ज्याङ पुग्ने गरी ट्रेल आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
उच्च पहाडी क्षेत्रमा हुने यो दौड निक्कै महत्पूर्ण रहेको बताइन्छ । १९ लाख खर्चिएर प्रतियोगिता सम्पन्न गर्न लागिएको राईले जानकारी दिए । प्रतियोगितामा महिला, पुरुष तथा स्थानीय गरी तीन किसिमको रहेको छ ।
प्रथम र द्धितिय हुने महिला पुरुषले समान पुरस्कार पाउने छन् । प्रथमले ८३ हजार ५ सय २५ र द्धितिय हुनेले ६३ हजार ५ सय २५ रुपैँया नगद र तिम्बुङ इन्टरनेशनल रनको ट्रफि पाउँछन । स्थानीय तर्फका विजेताले ३३ हजार ५ सय २५ रुपैँया र ट्रफि प्राप्त गर्ने छ ।
ताप्लेजुङ र पाँचथरमा रहेको तिम्बुङ पोखरी र आसपासका क्षेत्र रमणिय छन् । पयदयात्रा लागि उत्कृष्ट गन्तव्यको रुपमा लिइएको छ । यहि क्षेत्रको प्रचारका लागि यो प्रतिस्पर्धा राखिएको हो ।





