महोत्तरीमा एचआइभी एड्स न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम



रोशन कुमार महतो
बर्दिवास, भदौं २३ गते ।

महोत्तरीमा एचआइभी एड्स न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

बर्दिबास जनता माध्यमिक विद्यालय र गौशालास्थित रहेको भानुभक्त माध्यमिक विद्यालय गरी जिल्लाका दुई विद्यालयमा डब्लु ई फोर चेन्जको आयोजनामा र युएनएआइडीएसको आर्थिक सहयोगमा एचआइभी एड्स न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा एचआइभी एड्सको सामान्य जानकारी, एचआइभी एड्सको वर्तमान तथ्यांक, एचआइभी सर्ने माध्यमहरु, एचआइभीका मुख्य लक्षणहरु, एचआइभी रोकथामका उपायहरू, एचआइभी नियन्त्रण गर्ने उपचारका विधि तथा यसको उपचार गर्ने निकायहरूका विषयमा प्रशिक्षण दिइएको थियो ।

एचआइभीसँग सम्बन्धित लाञ्छना तथा भेदभाव र यसले गर्दा मानसिक स्वास्थ्यमा पर्ने असरहरु, एचआइभी उच्च जोखिममा रहेको समुह र एचआइभीसँग सम्बन्धि मिथक र तथ्यहरुको बारेमा समेत कार्यक्रमका सहभागीहरुलाई जानकारी दिइएको बताइएको छ ।

कार्यक्रममा दुई विद्यालयका दुईसय बढी बालबालिकाहरू सहभागी थिए । सोही क्रममा विद्यालयमा गराइएको हाजिरी जवाफ प्रतियोगीताका विजेता विद्यार्थीहरुलाई “बालबालिका विरुद्ध हुने लैङ्गिक हिंसा” पुस्तक र टिसर्टसहित पुरस्कृत गरिएको थियो ।

Scroll to Top