आमा [कविता]



  • अन्सु श्रेष्ठ

जन्म दिई हुर्काउने भगवान् हुन् आमा
आफू सँधै पीडामा छिन् हामीलाई सुखमा
प्रकृतिले निर्माण गर्यो जन्म मरण हुने
दिन रात भोक तिर्खा लुकाउछिन् उनी।

सुन्नुहोस् सम्पूर्णले उनी हुन् साक्षात् देव
ज्ञान आर्जन गरेर हामी गरौँ सँधै सेवा
आमाको माया सन्तानमा हुन्छ लटरम्म
कहिले पनि नमेटिने माया युगौँसम्म।

यस्तो माया भेट्ने छैन हाम्रो जीवनमा
हेरविचार गरेरनै हुर्काउने आमा
सुख दुःख साट्नमिल्ने बन्नु हुन्छ साथी
आमालाई राख्नुपर्छ सँधै शिरमाथि।

(— श्रेष्ठ एभरेष्ट पब्लिक स्कुल बर्दिबास, महोत्तरीमा अध्ययनरत विद्यार्थी हुन् ।)

Scroll to Top