काठमाडौँ, माघ २ गते ।
काठमाडौँ आउँदै गरेको गाडी खोटाङमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
आज बिहान खोटाङबाट काठमाडौँ जाँदै गरेको ना.१ ज ८७८१ नम्बरको टाटासुमो हलेसी तुवाचुङ नगरपालिका–१ वयक्तास्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो।
गाडी आफैँ अनियन्त्रित भई सडकको भित्तातर्फ कोल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। गाडीमा सवार ७ जना मध्ये ४ जना सकुशल छन्।
दुर्घटनापछि सुमो चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–७ बस्ने वर्ष ३७ का बुद्धमान श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा भुटानको थिम्पु घर भएकी ७२ वर्षीया कार्दुङ, डोटीको पुर्वीचौकी गाउँपालिका–४ सानागाँउ बस्ने ३५ वर्षीय लोकराज जोशी र डोटीकै चुननुर्बी गाउँपालिका ८ का ५८ को लोप्साङ लामा घाइते भएका छन्।
उनीहरूको जनसेवा क्लिनिक घुर्मी उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।





