सर्लाही-२ मा रास्वपाका रविन विजयी, महिन्द्र र राजेन्द्र पराजित

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82



बरहथवा, फागुन २३ गते ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रविन महतो विजयी भएको छ ।

शनिवार दिउँसो सम्पन्न मतगणनाअनुसार महतोले ४२ हजार ५१२ मत प्राप्त गरे । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका महिन्द्रराय यादवले आठ हजार ५२३ मत प्राप्त गरे । साथै नेपाली कांग्रेसका सरोजकुमारले सात हजार ३९, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले पाँच हजार ९९२, नेपाल सङ्घीय समाजवादी पार्टीका रजी अहमदले दुई हजार २८३ मत मात्र प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

Scroll to Top