काठमाडौं, फागुन २४ गते ।
सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवार निर्वाचित भएका छन् ।
यहाँ नरेन्द्रले ४६ हजार ८९० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मात्रै मत ल्याए ।
त्यस्तै नेपाली कांग्रेसका विनोदकुमार खनालले ६६२४, एमालेका ५७७६, उज्यालो नेपालका त्रिभुवनकुमार सिंहले २६२२, जसपा, नेपालका जयप्रकाश रायले ७६६, राप्रपाका ढोलराम बारकोटीले ४७८ मत ल्याए ।





