काठमाडौँ, फागुन २६ गते ।
काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोलसहित एक सय राउन्ड गोली बरामद भएको छ।
खोजतलासका क्रममा गोकर्णेश्वर नगरपालिका ५ जम्बुडाँडा पहेँलो पुल खोला छेउबाट सो परिमाणमा गोली बरामद गरेको हो।
उक्त स्थानमा पेस्तोल थान–१, म्याग्जिन थान–३, ७.६२ एमएमको गोली १३ राउन्ड र ९एमएम गोली ८७ राउन्ड बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
यही फागुन २६ गते हतियार रहेको भन्ने विशेष सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो हतियार बरामद गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जनाएका छन्।





