रौतहट, चैत ८ गते ।
रौतहटको चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गुजरा नगरपालिका–१ मनहर्वा घर भएकी ८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
धारामा जडान भएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको चपुरस्थित चपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





