१७१ किलो गाँजासहित एक जना पक्राउ



हेटौंडा, चैत १० गते ।

मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगा हरियाली सामुदायिक जंगलको भित्री बाटोबाट करिब १७१ किलो २१ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्।

मंगलबार बिहान इलाका प्रहरी कार्यालय, मनहरीको टोलीले राक्सिराङ गाउँपालिका४ सितताक बस्ने २० वर्षीय अक्कलप्रसाद स्याङतानलाई पक्राउ गरेको छ। पक्राउ परेका अक्कल गाडी चालक हुन्।

भाबरबाट मनहरीतर्फ आउँदै गरेको बा. १३ च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको गाँजा फेला परेको प्रहरीले जनाएको छ। यसमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Scroll to Top