क्याफेको आगलागी नियन्त्रणमा



विराटनगर, चैत ११ गते ।

सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनका अनुसार आगलागीको कारण र क्षतिको विवरण संकलन भइरहेको छ ।

क्याफेको भान्साबाट सुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीयवासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

आगो नियन्त्रणका लागि धरान, इनरुवा र रामधुनी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । इटहरी उपमहानगरपालिकाको दुई वटा दमकल जेनजी आन्दोलनका क्रममा जलेका कारण प्रयोगमा छैन ।

Scroll to Top