काठमाडौँ, चैत १३ गते ।
स्वास्थ्य तथा जनसङ्ख्या एवम् खानेपानीमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा मेहता नियुक्त भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा मेहताले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिए । पेसाले नर्स उहाँ रास्वपामा स्थापनाकालदेखि नै आबद्ध हुनुहुन्छ । उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिएको हो ।
सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट ‘नर्सिङ’मा स्नात्तकोत्तर गरिएको छ । उनी विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपप्राध्यापक रुपमा कार्यरत हुनुहुन्थ्यो ।





