जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय



काठमाडौं, चैत १४ गते ।

नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । एमालेका जनसंगठन २३ वटा छन् ।

एमाले अध्यक्ष पक्राउ परे त्यसको प्रतिरोधमा उत्रने हिजो नै विज्ञप्ति निकालेर सरकारलाई चेतावनी दिएका थिए ।

आज बिहान सबेरै एमाले अध्यक्ष ओलीलाई उनको निवास गुण्डुबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । अध्यक्ष ओली पक्राउ परेपछि सचिवालयको आकस्मिक बैठक डाकिएको थियो ।

स्वास्थ्य परीक्षणका लागि महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका ओलीलाई भर्ना गरिएको छ ।

Scroll to Top