एमाले सचिवालय बैठक बस्दै

File Photo



काठमाडौँ, चैत १७ गते ।

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यलय च्यासल, ललितपुरमा बैठक बस्ने एमालेका एक नेताले जानकारी दिए।

यसअघि गएको शनिबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको थियो।

एमाले सचिवालय बैठकको निर्णयअनुसार एमालेले गएको शनिबार र आइतबार देशैभरि प्रदर्शन गरेको थियो। काठमाडौँ उपत्यकामा भने एमालेले गएका तीनैदिन प्रदर्शन गरेको थियो।

आजको बैठकले पार्टीको आगामी रणनीति तय गर्ने सम्भावना छ।

Scroll to Top