बीपी राजमार्गमा सवारी आवागमन बन्द



काभ्रेपलाञ्चोक, चैत १७ गते ।

मौसमको प्रतिकूलताका कारण बीपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ ।

ठूलो पानी परिरहेका कारणले रोशी खोलामा पानीको सतह बढ्न गएको हुँदा सम्भावित जोखिमलाई मध्य नजर गर्दै तत्कालका लागि बीपी राजमार्गको काभ्रे तर्फको सडकखण्डमा हुने सम्पूर्ण किसिमको आवागमनलाई बन्द गरिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

‘लगातार परेको वर्षाले रोशी खोलाको जलस्तर उच्च रूपमा बढेको र बाढी आउने सम्भावनाका कारण तत्कालको लागि बीपी राजमार्गको काभ्रे तर्फको सडकखण्ड बन्द गरिएको छ,’ एसपी शाहले भने ।

सडकको पछिल्लो अवस्थाबारे जानकारी लिनका लागि सर्वसाधारणले १०० (नेपाल प्रहरी) र १०३ (ट्राफिक प्रहरी) मा सम्पर्क गर्न सक्नेछन्।

Scroll to Top