कांग्रेस संसदीय दलको बैठक जारी



काठमाडौं, चैत १९ गते ।

नेपाली कांग्रेसले संसदीय दलको बैठक जारी छ । कांग्रेसले संसद्को हिउँदे अधिशनबारे अहिले पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचितहरूको संयुक्त बैठक गरेको हो ।

प्रतिनिधिसभाको पहिलो अधिवेशन आज (बिहीबार)देखि प्रारम्भ हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।

त्यसअघि कांग्रेसले आफ्ना सांसदहरूसँग छलफल गरेको हो ।

Scroll to Top