महाकालीमा बेपत्ता चन्दको शव भारतमा भेटियो



बैतडी, चैत २० गते ।

महाकाली नदीमा बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्णबहादुर चन्द चार दिनपछि मृतावस्थामा फेलापरेका छन् ।

चन्द गत मंगलबार बिहान साढे ११ बजेतिर महाकाली नदीमा नुहाउने क्रममा हल्दुघाटबाट बगेर बेपत्ता भएका थिए ।

चन्दको शव महाकाली नदीकिनारमा भारतीय क्षेत्रमा शुक्रबार फेला परेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए ।

भारतको चम्पावत जिल्लाको डुंगालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदीकिनारमा चन्दको शव फेला परेको हो । यो क्षेत्र पञ्चेश्वर गाउँपालिका–२ ढोयाघाटको पारीपट्टि रहेको बताइएको छ ।

महाकालीमा बगेर बेपत्ता भएका चन्दको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समेत सहकार्य गरिएको थियो । एसएसबीको टोलीले नै उहाँको शव फेला पारेको जनाएको छ ।

Scroll to Top