द पब्लिक टुडे
गौशाला, चैत्र २४ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणसँग सम्बन्धित घुसकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको छ ।
अख्तियारका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सबइन्जिनियर रविन श्रेष्ठले भोजपुरस्थित विद्यालयको भवन निर्माण अन्तिम बिल भुक्तानी प्रक्रियामा बाधा पुर्याउँदै सेवाग्राहीसँग ८५ हजार रुपैयाँ घुसरिसवत लिएका थिए ।
आयोगको टोलीले सुमन राईलाई ललितपुरबाट र कार्की तथा श्रेष्ठलाई इटहरी, धनकुटा र भोजपुरबाट आवश्यक कागजात र मोबाइलसहित नियन्त्रणमा लिएको छ ।
उनीहरूमाथि थप अनुसन्धान जारी रहेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।





