गोठमा आगो लाग्दा ३ लाख बराबरको क्षति



विराटनगर, चैत २७ गते ।

झापाको कनकाई नगरपालिकास्थित गोठमा गएराति आगलागी भएको छ।

कनकाई नगरपालिका वडा नम्बर ६ चम्पापुर निवासी टंकप्रसाद फुयालको गोठमा अचानक आगलागी भएको हो।

​बिहीबार राति करिब १० बजे काठ र टिनले बनेको एकतले गोठमा भएको आगलागीले पराल र काठपात गरी करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीमा पशुचौपाया भने क्षति नभएको बताइएको छ।

आगलागी नियन्त्रण गर्न अस्थायी प्रहरी पोस्ट (दुर्गापुर) र इलाका प्रहरी कार्यालय (अनारमनी) बाट खटिएका टोली, स्थानीय र बिर्तामोड नगरपालिकाको दमकल खटिएका थिए।

Scroll to Top