प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित



काठमाडौँ, चैत २७ गते ।

प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधन गरिएकामा धन्यवादको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले धन्यवादको प्रस्ताव प्रस्तुत गरिएको थियो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिएको थियो ।

बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेरसम्बन्धी पत्रको बेहोरा वाचन गरिएको थियो ।

Scroll to Top