गृहमन्त्रीद्वारा कुरिनटारस्थित सशस्त्रको विपद् व्यवस्थापन शिक्षालयको निरीक्षण



काठमाडौं, चैत २८ गते ।

गृहमन्त्री सुधन गुरुङले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको निरीक्षण गरेका छन् ।

उनले शनिबार सो तालिम शिक्षालय पुगेर निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री गुरुङले त्यहाँका समस्या र विपद् व्यवस्थापनका क्रममा गर्न सकिने कामहरूबारे ब्रिफिङ लिए ।

निरीक्षणको क्रममा गृहमन्त्री गुरुङले कम्तीमा पाँच किलोमिटरको फरकमा हेलिप्याट स्टेसन राख्न निर्देशन दिए ।

निरीक्षणमा सशस्त्र प्रहरी अधिकारीहरू सँगै चितवन जिल्लाका सिडिओ गणेश अर्याल र सशस्त्र प्रहरीका एसएसपी भरत खनिया सङ्गै सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनि कुमार पोख्रेल , जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरिक्षप गोबिन्द पुरी र ट्राफिक प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डे सहभागी थिए।

Scroll to Top