सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगन



काठमाडौँ, वैशाख १० गते ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरिएको छ ।

राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको सिफारिसमा यही वैशाख १७ गतेका लागि बैठक आह्वान गरिएको थियो ।

मन्त्रिपरिषद्को आजको सिफारिसबमोजिम विशेष कारणबशः दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Scroll to Top