कैलाली, वैशाख १४ गते ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरिएको छ ।
आज यहाँ मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानको सिफारिस पत्र हस्तान्तरण गरियो ।
उक्त सिफारिसको आधारमा आगामी १७ गते बिहीबार अपराह्न ४ः ०० बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए ।
संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरिएको हो । गत चैत २९ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख मियाँले विधेयक अधिवेशन अन्त्य गरिएको थियो ।





