काठमाडौं, वैशाख १७ गते ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन् ।
बैठकमा निवर्तमान केन्द्रीय सदस्य, बहालवाला केन्द्रीय सदस्य (विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति), सांसद र पूर्वसांसदहरु, जिल्ला सभापति, पूर्वजिल्ला सभापतिहरु, क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ ।
बैठक बिहान ८ बजेदेखि बालुवाटारस्थित ओपेरा होटलमा सुरु हुने कोइरालाको सचिवालयले जनाएको छ ।
यसअघि बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आफ्नो समूहको बैठक बोलाएर छलफल गरेका थिए ।
विशेष महाधिवेशनपछि कांग्रेस एकतावद्ध हुनसकेको छैन । एक समूहले अर्को समूहलाई स्वीकार्न नसक्दा पार्टीमा समानान्तर गतिविधि सञ्चालन भइरहेका छन् ।





