उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार



काठमाडौँ, वैशख १७ गते ।

उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएको छ ।

स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किएको उनका स्वकीय सचिव तारा राईले जानकारी दिए । मधुमेहको समस्या देखिपछि उपसभामुख ठाकुर बुधबार अस्पताल भर्ना भएको थियो । चिकित्सकले उनलाई घरमै आराम गर्न सल्लाह दिएका छन् ।

Scroll to Top