द पव्लिक टुडे
गौशाला, वैशाख २० गते ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाले महोत्तरीको गौशालामा प्रभातफेरीको आयोजना गरेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवस ९मे ३० को अवसर पारेर नेपाल पत्रकार महासङ्घ, महोत्तरी शाखाको आयोजनामा भएको प्रभातफेरीमा महासंघका केन्द्रिय सदस्य राज कारण महतो, मधेश प्रदेश सदस्य सुनिता कुमारी, जिल्लाका क्रियाशील पत्रकार, सञ्चारकर्मी, नागरिक समाज, जनप्रतिनिधिको सहभागिता थियो ।
प्रभातफेरीमा सहभागीहरूले ुशान्तिपूर्ण भविष्यको निर्माण स् मानव अधिकार, विकास र सुरक्षाको लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धनु भन्ने मूल नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
कार्यक्रममा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको भौतिक सुरक्षा र सूचनाको हकको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
महासङ्घको आयोजनामा भएको प्रभातफेरीले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको भूमिका अपरिहार्य रहेको सन्देश प्रवाह गरेको महासङ्घ महोत्तरीका अध्यक्ष महेश कुमार दासले बताए ।
आइतबार बिहान गौशाला बजारबाट सुरु भएको पत्रकारहरुको प्रभातफेरी दुर्गा मन्दिरमा पुगेर सम्पन्न भएको छ ।
कार्यक्रममा नागरिक समाजले प्रेस स्वतन्त्रताका पक्षमा ऐक्यबद्धता जनाएका थिए ।





