भूमिहीनका कथाव्यथा ‘सिकलसेल’ मञ्चन



काठमाडौँ, वैशाख २३ गते ।

सदियौँदेखि भूमिहीन सुकुमवासीको कथा समेटिएको नाटक ‘सिकलसेल’ शिल्पी थिएटरमा मञ्चन भइरहेको छ ।

बत्तिसपुतलीस्थित उक्त थिएटरमा वैशाख १३ गतेदेखि मञ्चन भइरहेको नाटकले दर्शकको मन जितेको छ । जमिनदार र हलिया प्रथाको इतिहाससमेत जोडिएको उक्त नाटकमा कोही कसरी सुकुमवासी हुन पुग्छ भन्ने कथा झल्काएको छ ।

गणराज पोख्रेलद्वारा लिखित यस नाटकलाई सुमित भण्डारीले निर्देशन गरिएको हो । जमिदारको परिवारको दृश्य देखाउँदै नाटकको कथा सुरु भए पनि त्यही घरमा बस्ने हलिया गरिब रामविश्वासको दयनीय अवस्थामा देखिन्छ । नाटकमा जमिदारले दबाउँदै आएको गरिब हलिया रामविश्वासको परिवासँग डर पनि साँधेको छ ।

आफैँले दबाउँदै आएको गरिब परिवारले क्रान्ती र चेतना जागृत हुनेबित्तिकै आफ्नै शासनविरुद्ध आवाज उठाए के गर्ने ? भन्ने चिन्ताले जमिदारको परिवार त्रसित छ भएको अवस्था नाटकमा रहस्यात्मक ढङ्गले उठान गरिएको देखिन्छ ।

नाटकमा गोविन्द ओली, विनिता लामा गुरुङ, इच्छासिंह, निरज बाबु, पूजासिंह राजवंशी, सङ्गीता उराँव, रविन परियार, धनुराज सुनार, सुनील तामाङ, कोहिनुर विश्वकर्मा, सञ्जय मुडियारी (सन्जु) र विष्णु श्रेष्ठले अभियन गरिएको छ ।

Scroll to Top