द पब्लिक टुडे
गौशाला, जेठ १२ गते ।
महोत्तरीको बर्दिबास नगरपािलका–३, कालापानीस्थित अव्यवस्थित बस्ती खाली गराउन सूचना दिन प्रयोग गरिएको सरकारी गाडीमा आगजनी गरिएको छ ।
सोमबार दिउँसो बर्दिबास–३ मा अव्यवस्थित बसोबास खाली गराउन सूचना दिन गएको वन कार्यालयको टोलीलाई मंगलबार बिहान २ बजेसम्म घेराबन्दीमा परेका स्थानीयले सोमबार राति नै डिभिजन वन कार्यालय महोत्तरीको गाडी जलाइएको हो ।
टोलीलाई घेराबन्दीमा पार्दै सवारीसाधन जलाएपछि राति नै स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।
स्थानीयले रुख ढालेर राजमार्ग नै अवरुद्ध गररेपछि छलफलका लागि पुगेको सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको प्रहरीले जनाएको छ ।
मंगलबार पनि बिहानैदेखि स्थानीयहरुले रुख ढालेर बीपी राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।






