सीमा विवादबारे भारत टेबल टक गर्न तयार : प्रधानमन्त्री शाह



द पब्लिक टुडे
गौशाला, जेठ १७ गते ।

्नेपाल र भारतको सीमाको सवालमा भारतले कूटनीतिक नोटको उत्तर दिएको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन् ।

संसदमा बोल्दै प्रधानमन्त्री शाहले भारतले दुई देशका सीमा जानकार राखेर टेबल टक गर्न तयार भएको बताएको भनेका छन् ।

उनले भनेका छन्, ‘यससम्बन्धी हामीले भारत र चाइना सरकारलाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ । उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

Scroll to Top