विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य र शिक्षा प्रदान गर्छौँ : प्रधानमन्त्री शाह



द पब्लिक टुडे
गौशाला, जेठ १७ गते ।

प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले अहिलेलाई विपन्न वर्गलाई मात्रै भए पनि निःशुल्क शिक्षा र स्वास्थ्य प्रदान गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले संविधानमा सबैलाई निःशुल्क शिक्षा र स्वास्थ्यको कुरा गरेको भए पनि देशको आर्थिक अवस्थाका कारण अहिलेलाई सबैलाई नसके पनि विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य प्रदान गर्ने बताएका हुन् ।

संसदमा उनले भने, ‘हाम्रो संविधानमा निःशुल्क स्वास्थ्य र शिक्षा भनेर लेख्न त लेखियो तर सरकारको बजेट त्यो अनुसारको छ कि छैन भनेर हेरिएन, त्यसैले अहिलेलाई सबैलाई नभए पनि विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य प्रदान गर्न सरकार र रास्वपा प्रतिबद्ध छ ।’

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजीक्षेत्रबाट सञ्चालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशत समता शुल्क लगाउने घोषणा गरेको छ ।

Scroll to Top