बरहथवा, जेठ २४ गते ।
सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको उपचारका क्रममा आइतबार ९जेठ २४० मृत्यु भएको छ ।
शनिबार बरहथवा नगरपालिका–१६ का खैरु पण्डितले चलाएको बयलगाडाको ठक्करबाट स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएका थिए । बालकलाई उपचारका निम्ति तत्काल बरहथवास्थित नगर अस्पताल पुर्याएको थियो ।
त्यहाँबाट थप उपचारका निम्ति वीरगन्ज न्युरो अस्पताल पुर्याएकामा आज बिहान बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।





