पत्रकार महतोलाई पितृ शोक



द पब्लिक टुडे
गौशाला, असार ३ गते ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सदस्य, रुपान्तरण मिडिया प्रा.लि.का संचालक सदस्य धनवीर महतोलाई पितृ शोक परेको छ ।

उनका पिता ७९ वर्षीय रामअशिष महतोको मंगलवार साँझ करिव ७ बजे निधन भएको परिवारजनले जनाएका छन् ।

मुटुसम्बन्धी समस्याबाट पीडित महतोको गत आइतबारदेखि काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा उपचार भइरहेको थियो । उपचारकै क्रममा मंगलवार साँझ उनको निधन भएको हो ।

महोत्तरीको गौशाला नगरपालिका–१, रामनगर घर भएका पत्रकार महतो गौशाला बजारमा रुपान्तरण मिडिया प्रा.लि.द्वारा संचालित रेडियो रुपान्तरणका रेडियो प्रमुख रहेका छन् ।

पत्रकारिता क्षेत्रमा सक्रिय महतोका बुवाको निधनप्रति सञ्चारकर्मी, सामाजिक अगुवा तथा शुभेच्छुकहरूले समवेदना व्यक्त गरेका छन् । स्वर्गीय महतोको अन्त्येष्टि बुधबार बिहान ९ बजे पारिवारिक परम्पराअनुसार गरिने परिवारले जनाएको छ । स्वर्गिय महतोका २ छोरा र २ छोरी रहेका छन् ।

Scroll to Top