सरकारका राम्रा कामको समर्थन गर्छौं: राप्रपा नेता शाही



काठमाडौँ, असार ५ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गरियो । उनले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताए । संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्व हुने स्मरण गराए ।

Scroll to Top