काठमाडौं, असार ६ गते ।
ब्राजिलले फिफा विश्वकप २०२६ मा हाइटीविरुद्ध पहिलो हाफमा तीन गोलको अग्रता लिएको छ । फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले तीन गोलको अग्रता लिएको हो ।
ब्राजिलका लागि दुई गोल म्याथियस कुन्हा र एक गोल भिनिसियस जुनियरले गरे । २३औं मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएका कुन्हाले ३६औं मिनेटमा दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गर्दै अग्रतालाई तेब्बर बनाए । यसअघि खेलको १२औं मिनेटमा ब्राजिलका राफिन्हाले गोल गरेपनि अफसाइड हुँदा मान्यता पाएन ।
पहिलो हाफमा ब्राजिल हाइटीमाथि हाबी भएको छ । पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेल्दा हाइटी स्कटल्यान्डसँग पराजित भएको थियो ।





