काठमाडौँ, असार ७ गते ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ६०० र चाँदी ५० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६९० निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुन दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ६४० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १५५ र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।





