महोत्तरीमा करेन्ट लागेर एकको मृत्यु



मटिहानी, असार ७ गते ।

महोत्तरीको मटिहानी नगरपालिका–८ मा बिजुलीको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मटिहानी–८ निवासी ६५ वर्षीय सिता सरण चमार रहेका छन् । आइतबार मटिहानी-८ स्थित बजारमा जुत्ता सिउँदै आएका चमारलाई नजिकै रहेको बिजुलीको स्टेट तारमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

स्थानीयवासी र परिवारजनले तत्काल उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । शव पोस्ट माटमका लागि जलेश्वर स्थित प्रादेशिक अस्पतालमा पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।यता, स्थानीयवासीले विद्युत् लाइन तथा तारहरूको नियमित मर्मत–सम्भार र सुरक्षामा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्।

Scroll to Top