सीके राउतले गरे रविलाई बीपी कोइरालासँग तुलना



काठमाडौं, असार ७ गते ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसका संस्थापन नेता बीपी कोइरालासँग तुलना गरेका छन् ।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनले शक्तिशाली रास्वपा बनाउन, र वैकल्पिक राजनीतिलाई माथि उठाउन र मधेशीका छोरा बालेन शाहलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा खेलेको भूमिकालाई ‘रवि लामिछानेको जति प्रशंसा गरे पनि नपुग्ने’ बताए ।

रवि लामिछानेसँग आफ्नो चिनजान २०७४ सालदेखि नै भएको उल्लेख गदै उनले त्यसबेला लामिछाने जनतासँग सिधा कुरा कार्यक्रम सञ्चालनका सन्द्यर्भमा सप्तरीमा पुग्दा भेटेको बताए ।

२०७९ मा प्रतिनिधिसभामा निर्वाचित भएर प्रतिनिधिसभा सँगै पुगेको स्मरण गरे । त्यसबेला परिवर्तनका लागि घण्टौं छलफल गरेको बताए ।

‘मैले एउटा सार्वजनिक कार्यक्रममा भनेको थिँए । तपाईं बीपी कोइरालापछिको नेता हुन सक्नुहुन्छ जसले यो देशलाई डोर्‍याउन सक्दछ,’ राउतले भने, ‘तपाईं आन्दोलन गर्नेतिर लाग्नुहोस्, सत्तातिर नलाग्नुहोस् भनेको थिएँ ।’

आन्दोलन पनि भएको र जनताले दुई तिहाइ बहुमत दिलाइएको बताए ।

रवि लामिछानेसँग आफूले भविष्य देख्दै आएको पनि बताए ।

Scroll to Top