सोनमा गाउँपालिकाले ल्यायो ४७ करोड ७१ लाखकाे बजेट



द पब्लिक टुडे

गौशाला, असार ९ गते ।

महोत्तरीको सोनमा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ काे लागि ४७ करोड ७१ लाखभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार गाउँपालिकाकाे १३औं गाउँसभामा गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले आगामी आर्थिक वर्ष २०८३/०८४ काे लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्यसको कार्यान्वयनका लागि अनुमानित ४७ करोड ७१ लाख ४० हजार रुपैयाँको बजेट पेश गरेका हुन् ।

संघीय सरकारको समानीकरण अनुदानतर्फ ११ करोड २५ लाख, सशर्त अनुदान १७ करोड ६६ लाख, राजस्व बाँडफाँड १० करोड ६३ लाख ३३ हजार रुपैयाँ आय हुने अनुमान गरिएको गाउँपालिका अध्यक्ष यादवले जनाए । उनका अनुसार प्रदेश सरकारको समानीकरण अनुदान ७७ लाख ७ हजार, सशर्त ८० लाख, राजस्व बाँडफाँड ५० लाख, समपुरक २० लाख, विशेष अनुदान ३० लाख रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

यस्तै, स्थानीय राजस्व बाँडफाँड ६० लाख, आन्तरिक स्रोतको २ करोड र गत वर्षको अल्या ३ करोड गरी कुल ४७ करोड ७१ लाख ४० हजार रुपैयाँको बजेट विनियोजन गरिएको अध्यक्ष यादवले जानकारी दिए ।

Scroll to Top