मुग्लिन–नारायणघाट सडकखण्ड अवरूद्ध



काठमाडौं, असार १८ गते ।

चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा सुख्खा पहिरो खसेर पूर्ण रूपमा अवरूद्ध भएको छ।

बिहीबार बिहान पौने १२ बजेतिर इच्छाकामना गाउँपालिका–६ पानीधारामा सुख्खा पहिरो खसेको ट्राफिक प्रहरीले जनाएको छ।

सडक दुबैतर्फ पूर्ण अवरूद्ध छ।

उक्त सडकखण्ड भएर यात्रा गर्ने सम्पूर्ण सवारी चालक तथा यात्रुलाई सडक खुला नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

यात्रा गर्नुअघि सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि अनुरोध गरेको छ।

सडक खुलाउने प्रयास भइरहेको छ।

Scroll to Top