पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ



काठमाडौँ, असार २० गते ।

सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदमा लेखक तीर्थप्रसाद श्रेष्ठलाई मनोनयन गरेको छ ।

कोष सञ्चालक परिषद्को अध्यक्ष रहेका मन्त्री खडक राज पौडेल (गनेस)को यही असार १७ र १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार लेखक श्रेष्ठलाई सदस्य सचिव पदमा नियुक्त गरिएको मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

सदस्य सचिव श्रेष्ठले पदबहाली पनि गरिएको छ । पदबहालीपछि उनले पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण, कोषका सबै काम कारबाहीमा पारदर्शिता र पशुपति क्षेत्रका धर्म, संस्कृति एवं परम्पराको संरक्षणमा काम गरिने बताए ।

Scroll to Top