काठमाडौँ, असार ३१ गते ।
काननु, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने बताएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त जानकारी दिएको हो । उहाँले आगामी आर्थिक वर्ष कानुन सुधारको वर्ष हुने पनि बताए ।
मन्त्री गौतमले कानुन निर्माणका विषयमा दुवै सदन र सम्बन्धित समितिका सभापतिसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधायन व्यवस्थासम्बन्धी विधेयक पनि जारी गरिने जानकारी दिए ।
सरकारबाट सदनमा पेस गरिने विधेयकहरूको प्राथमिकता र मन्त्रालयगत विवरण मन्त्री गौतमको सचिवालयबाट प्राप्त भएबमोजिम यसप्रकार रहेको छः
https://drive.google.com/file/d/1QvgWaLsg9d5ye-xwz8LFdvngmNSxJRTF/view?usp=sharing





