काठमाडौँ, साउन १ गते ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १२५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २०० कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२५ कायम थियो ।





