पहिरोले घर बगायो, एक जना घाइते



गोरखा, साउन १८ गते ।

अविरल वर्षाका कारण गएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा एक घर बगाएको छ । सोमबार बिहान स्थानीय मानसिङ गुरुङको तीन तले पक्की घर जगबाट करिब २० मिटर तल बगाएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा परी सोही घरमा डेरा गरी बस्ने रौतहटका टोखान महतो घाइते छन् । उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको डीएसपी राजकुमार श्रेष्ठले बताए ।

पहिरोसँगै गुरुङको घर खस्दा कृष्णदेव महतोको चार तले पक्की घरमा समेत आंशिक क्षति पुगेको उनले जानकारी दिए ।

यसैगरी शहीद लखन गाउँपालिका–७ बुंकोट काहुलेभंगारका कृष्णबहादुर आलेको घरको आँगन बगाएको छ ।

अविरल बर्षाका कारण सोमबार बिहान पहिरोले आगन बगाउँदा घर र गोठ दुवै उच्च जोखिममा रहेको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।

Scroll to Top