काठमाडौं, साउन २१ गते ।
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।
खनालको निवास डल्लुमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्तामा वर्तमान राजनीतिक परिस्थिति, राष्ट्रियता र वामपन्थी एवं लोकतान्त्रिक शक्तिहरुबीचको एकताबारे छलफल भएको छ ।





