द पब्लिक टुडे
गौशाला, साउन २५ गते ।
रौतहट प्रहरीले खाजा घर सञ्चालनको आवरणमा लागूऔषध गाँजाको कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका–६ का ३४ वर्षीय शुभ नारायण साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहट सदरमुकाम गौरमा खाजा घर सञ्चालनको आवरणमा लागूऔषध गाँजाको कारोबार गरेको आरोपमा गौर नगरपालिका–३ स्थित ‘काजल स्टील रेलिङ्ग’ नामक खाजा घरमा लागूऔषध गाँजाको कारोबार गरेको गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेका संचालक साहले खाजा घरमा सानो–सानो पुरिया बनाएर गाँजा बिक्री वितरण गर्ने गरेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले खानतलासी गरेको थियो ।
प्रहरी टोलीले खाजा घरको काउन्टरको च्याकमा रहेको कालो प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको गाँजा बरामद गरेको छ। खानतलासीका क्रममा बिक्री वितरणका लागि सानो–सानो पुरिया बनाएर राखिएको १२५ पुरिया गरी कुल ७ सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए।
गाँजासहित पक्राउ परेका साहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।





