काठमाडौं, साउन ३० गते ।
तामाकोशी नदीमा फसेका एकजनाको सकुशल उद्धार गरिएको छ ।
दोलखाका २२ वर्षीय युवक शुक्रबार तामाकोशी नदीमा माछा मार्ने क्रममा नदीको बहाव बढेपछि फसेका थिए ।
उनलाई नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा राति उद्धार गरेको हो ।





