डडेल्धुरा, भदौ ३ गते ।
डडेल्धुराको परशुराम नगरपालिका–१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ ।
स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । आज भैँसीको पाडोलाई नदी तराउने क्रममा चिप्लिएर उनी बगेको प्रहरीले जनाएको छ ।
खोजी गर्ने क्रममा नाथको शव बगेको स्थानबाट करिब पाँच किलोमिटर टाढा बसगोइरा नजिक फेला परेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।





