ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी



हुम्ला, भदौ ८ गते ।

हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालय आगलागी भएको छ।

राति १ बजेको समयमा ताजाँकोट गाउँपालिका कार्यालय आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको डीएसपी शंकर खडकाले बताए ।

गाउँपालिकाको भवनको लेखा शाखाको स्टोरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सक्ने डीएसपी खडकाले बताए।

स्थानीय र प्रहरीको सहयोगमा ३ बजे ४५ मिनेटमा आगो पूर्ण नियन्त्रणमा आएको खडकाको भनाइ छ।

आगलागीबाट ४ थान काठको र्‍याक, १ थान सुत्ने खाट, १ थान टेबल, १ थान सोलार ब्याट्री जलेर नष्ट भएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Scroll to Top